काठमाडौं। नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण पनि संसद बैठकमा उपस्थित भएकी छन् ।
शुक्रबार नीति तथा कार्यकक्रम प्रस्तुत गर्न बसेकाे संघीय संसदकाे संयुक्त बैठकमा खाँण उपस्थित भएकी हुन्।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् ।
मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए।