सोमवार, कार्तिक १० गते २०८३

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एकजना पक्राउ

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ । घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी  र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो ।

प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार