बुधवार, आश्विन २१ गते २०८३
सत्तापक्षलाई नै छैन आश

नीति तथा कार्यक्रममाथि प्रतिपक्षको टिप्प्णीः दन्त्य कथाजस्तो भयो, ज्यान भएपनि जीवन छैन

शुक्रवार , जेठ ५, २०८०

काठमाडौं। सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध, सवल र न्यायपूणर् नेपाल नारासहितको नीति तथा कार्यक्र प्रस्तुत गरेका हुन्।

सरकारले यसपटक सार्वजनिक खर्चमा मितव्ययिता, भष्टाचार नियन्त्रण, आर्थिक विभेदको नियन्त्रण प्राथमिकतामा राखेको छ । मानव विकास सूचकांकमा पछि परेका कणर्ाली, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशलाई आगामी बजेटमा मुख्य प्राथमिकतामा राखिने बताइएको छ । सरकारले आर्थिक प्रणाली सुधारका लागि आन्तरिक उत्पादन बृद्धिका लागि प्रोत्साहान, आन्तरिक रोजगारी सृजना तथा पर्यटन प्रर्वधनमा जोड दिएको छ ।

आफ्नो कार्यक्रममा सरकारले नेपालमा उत्पादित लेन्स विश्व बजारमा ब्रान्डिङ गर्नेदेखि प्रदेश तथा स्थानीय तहको समन्वयमा रेलमार्गदेखि जलमार्गसम्मका योजना निर्माण गर्ने उल्लेख गरिएको छ । 

सरकारले हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग सञ्चालन गरिने, अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ ।

सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने नीति लिएको छ । यस्तै निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने तथा काठमाडौं-तराई फास्ट ट्र्याक २०८३ भित्र सम्पन्न गर्ने घोषणा सरकारले गरेको छ । 

व्यापारघाटा कम गर्न विद्युतिय उत्पादन र उपभोगलाई प्रोत्साहन गरेको सरकारले सरकारी कार्यलयहरुमा विद्युतीय सवारी खरिदको नीति लिएको छ भने सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने भएको छ । यस्तै, २० प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने नीति लिएको छ ।

वर्षायाममा ५० र हिउँदयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने भनेको सरकारले खेरजाने बिजुली उद्योगहरुलाई सस्तो दरमा दिने घोषणा पनि गरेको छ ।

सरकारले आगामी बजेटमार्फत राष्ट्रिय पूँजी पलायनको नियन्त्रणमा कडाइको नीति लिने भएको छ । मुलुकलाई आर्थिक रुपमा सवल बनाइने विदेशी लगानीलाई प्राथमिकताका आधारमा परिचालन गरिने र विद्यमान कर प्रणालीको आधारमा पुर्नविचार गर्ने नीति सरकारले लिएको छ ।

प्रतिपक्षले भन्याे: दन्त्य कथाजस्तो भयो, ज्यान भएपनि जीवन छैन

प्रतिपक्षी दलहरुले भने सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएपनि अहिले मुलुकमा भएको समस्याको समाधान गर्ने कुनै ठोस प्रस्ताव र कार्यक्रम नभएको बताएका छन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले ज्यान भएपनि जीवन नभएको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै भट्टराईले यसको कुनै सपना, जोश र जाँगर नभएको टिप्प्णी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने बताएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केहीपनि आएको टिप्पणी गरे। 

यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दन्त्य कथाको संज्ञा दिएका छन्। सुवालले नीति कार्यक्रम ठोस रुपमा नआएकाले अमुर्त भएको टिप्पणी गरे।

यता सत्तापक्षाका नेताहरुले भने सकारात्मकतामा आशा देखाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहनुभएका कांग्रेस नेता मोहन बहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको दाबी गरेका छन्।

उनले यो नीति कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको र सही ढंगल कार्यान्वयन भए आशा गर्ने ठाउँ प्रसस्त रहेको बताए।

यस्तै कांग्रेसकै सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय छ । तर परम्परागत ढंगकै देखियो ।’ उनले नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता नरहेको बताए । 

संसद्‌मा छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार