आइतवार, कार्तिक ९ गते २०८३

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडाइ गर्ने तयारी

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । नेपालमा पछिल्लो समय फेरी कोरोना संक्रमण बढेको छ । सनिबार एकै दिन ३ हजार बढीमा संक्रमण देखियो । यसको ठुलो हिस्सा बढी जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकाकै हुने गरेको छ । 

लकडाउन खुकलो बनाई चहलपहल बढेसंगै कोरोना पनि बढेको देखिएको छ । कोरोना संक्रमण बढेसंगै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा कडा बनाउने तयारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याएर कडाइ गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । 

गत वैशाख १६ मा सुरु भएको निषेधाज्ञा पछिल्लो समय खुकुलो पार्दै लगिएको थियो । कोरोना संक्रमणको दर फेरि उकालो लागेपछि निषेधाज्ञालाई थप कडा बनाएर एक साता थप गर्ने तयारीमा तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय जुटेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार आइतबार अपराह्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर के गर्ने भन्ने निर्णय हुनेछ । 

पछिल्लो पटक थपिएको निषेधाज्ञाको म्याद आइतबार राति १२ बजे सकिँदैछ । काठमाडौंमा निषेधाज्ञा खुकुलो पारिएसँगै शनिबारदेखि मध्यम तथा लामो दूरीका सवारीका साधनसमेत चल्न थालेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार