बुधवार, आश्विन २१ गते २०८३

सरकारसँगको सहमतिपछि सांसद सञ्जय गौतमकाे अनशन स्थगित

शनिवार , जेठ ६, २०८०

काठमाडौं। प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आठौं दिनमा अनसन तोडेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाइएका १५ बुँदे मागहरू सरकारले पूरा गर्ने लिखित सहमती गर्दै जुस खुवाएपछि गौतमले अनसन तोडे।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि आठौं दिनसम्म अनशन बस्नुभएका गौतमका प्रमुख मागमध्ये जब्दीघाट आसपास नयाँ पुल निर्माणको टेन्डर जेठ महिनाभित्र हुने मन्त्री ज्वालाले बताए।

यस्तै, सहमतिपत्रमा जेठ २० गतेसम्म बाढीले बगाएको पुलको संरचना हटाइने, भारतसँग भएको सँझौताअनुसार गुलरिया मुर्तिहा नाका सञ्चालन प्रक्रिया अघि बढाउने, भुरीगाउँ तेलपानी सडक निर्माण गरिने, बबई र कणर्ाली नदी नियन्त्रणका लागि पर्याप्त बजेटका लागि पहल गर्ने, बबई सिंचाइ आयोजना समयमै सम्पन्न गर्ने, वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणलगायतका मागमा प्रक्रियागत रुपमा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार