काठमाडौं। प्रतिनिधि सभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ई-हाजिरी) को तयारी गरिएको छ । सांसदहरूको उपस्थितिको रेकर्ड प्रभावकारी बनाउनका लागि संघीय संसद सचिवालयले (ई-हाजिरी) को तयारी सुरु गरेको हो ।
जसअनुसार सांसदहरूको बायोमेट्रिक लिने काम पनि सुरु गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार बायोमेट्रिकको काम सकिनेबित्तिकै ईहाजिरी सुरु हुनेछ ।
सदहरुको ई-हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि छलफल भएको थियो । बैठकमा ई-हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको थियो ।