काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिबाट चयन भएका छन्।
सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए।
यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए। उनी उपराष्ट्रपतिमा बनेपछि पद खालि थियो। गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्यको उप निर्वाचनमा यादव बारा-२ बाट निर्वाचित हुनुभएको थियो ।