काठमाडौं। एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । काठमाण्डौँमा आजबाट सुरु भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले हराएको हो । जितसँगै समूह ’ए’ को नेपालले ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।
यस्तै, प्रतियोगिता अन्तर्गत आज नै भएको खेलमा भारत र उज्वेकिस्तान विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो ।
उज्वेकिस्तानले श्रीलंकालाई २७-२५, २५-१५ र २५-१३ ले हराएको हो । त्यस्तै, दोस्रो खेलमा भारतले बंगलादेशलाई २५-३, २५-९ र २५-६ गरी ३-० को सोझो सेटमा हराएको छ ।