बुधवार, आश्विन २१ गते २०८३

प्रचण्ड मन्त्रीमण्डलले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो

मंगलवार , जेठ ९, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एघारौंपटक सरकार विस्तार गरेका छन्। मंगलबार जनता समाजवादी पार्टी (जसपा)बाट एक मन्त्री र एक राज्यमन्त्री थप भएसँगै मन्त्रिपरिषदले पूणर्ता पाएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राज्य मन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरेका छन्।

योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक-एक मन्त्री रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार