बुधवार, आश्विन २१ गते २०८३

नवनियुक्त मन्त्रीहरुको सपथ आज

बुधवार , जेठ १०, २०८०

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ । 

राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो । 

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ ।

प्रधानमन्त्री  प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार