काठमाडौं। सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा दायर गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरको अभियोगमा मुद्दा दायर गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।