आइतवार, कार्तिक ९ गते २०८३

काठमाडौंमा निषेधाज्ञा १० थपियो, पुरानै नियम निरन्तरता 

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ । आइतबार बसेको ३ जिल्ला प्रशासनको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लबका कार्यक्रमहरू सञ्चालनमा रोक लगाइएको छ ।

यसअघि पनि यी क्षेत्रमा रोक लगाइएको थियो । निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएको छ । जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ । तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार