काठमाडौं। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका-८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहीबार बिहान ७ बजे जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। दुर्घटनामा परि सुत्केरी आमा र बच्चासहित ४ जनाको मृत्यु भएको हो।
जीप सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कणर्बहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्रीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते ११ जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए।