काठमाडौं। काठमाडौंबाट गएको गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे २ बजेतिर फिक्कल गाउँपालिका६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को। १ ज २९७६ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ । ती तीन जना महिलाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा चालकसहित चार जना घाइते समेत छन् । ओखलढुंगा बस्ने २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी, १३ वर्षीय अंकित विक घाइते रहेको प्रहरीले जनाएको छ ।