आइतवार, कार्तिक २ गते २०८३

अपडेट: रुकुम पश्चिम जिप दुर्घटनामा मृतकको सङ्ख्या ५ पुग्यो

बिहिवार , जेठ ११, २०८०

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ जना पुगेको हो । त्यस्तै आठजना घाईते भएका छन् ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार