आइतवार, कार्तिक ९ गते २०८३

निर्मला पन्त हत्याको तीन वर्ष पुरा, घटना अझै रहस्यमयी 

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगपालिकाकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना ३ तीन वर्ष पुरा भएको छ । तर ३ वर्ष वितिसक्दा पनि घटना अझै रहस्यमयी छ ।

हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, कञ्चनपुर प्रहरी तथा दर्जनौ अनुसन्धान समिति बन्दा समेत पन्तको हत्यारा पक्राउ परेका छैनन् । १० साउन २०७५ सालमा साथी घरमा गृहकार्य गर्न जान्छु भनेर निस्किएकी निर्मला भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा उनको शब प्रहरीले फेला पारेको थियो । उनको हत्या भएको पनि तीन वर्ष वितिसकेको छ । तीन वर्षसम्म प्रहरीले दर्जनौ पटक अनुसन्धान समिति बनाएर काम गर्यो, सो प्रकरणमा प्रहरी अधिकारीहरुलाई प्रमाण नष्ट गरेको आरोपमा कारवाही गरियो तर पनि हत्यारा भने अझै फेला परेनन् ।

हत्या प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको २३ दिनपछि भदौ २ गते भिमदत्त १९, बाँगफाँटाका ३९ वर्षीय दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँगको बयानमा पनि उनले आफैले हत्या गरेको स्वीकारेका छन् । पछिल्ला केही भिडियोमा पनि उनले निर्मलाको हत्या गरेको स्वीकारेका छन् । तर उनको डिएनए परीक्षण गर्ने क्रममा नमिलेपछि उन्मुक्ति पाएदेखिनै प्रहरीले घट्नाको अनुसन्धानमा असफल देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार