बुधवार, आश्विन १४ गते २०८३

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

आइतवार , जेठ २१, २०८०

काठमाण्डु- नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्।

जिल्ला अदालत काठमाण्डुले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेशी आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो ।

दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन्। तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार