सोमवार, कार्तिक १० गते २०८३

छोराको कुटाइबाट बाबुको मृत्यु  

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । इलाम देउमाई नगरपालिका-२ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए ।

घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।     
     
जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।     
   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार