बुधवार, आश्विन १४ गते २०८३

बढुवा भएकै सिजन 'ए' लिग च्याम्पियन बन्याे चर्च ब्वाइज

मंगलवार , जेठ २३, २०८०

काठमाडौं। नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो । साथै चर्च ब्वाइज 'ए' डिभिजन लिगमा बढुवा भएकै सिजन 'ए' डिभिजन लिगको उपाधि जित्ने टाेली बनेकाे छ ।

चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ । चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार