सोमवार, कार्तिक १० गते २०८३

क्षमा चाँहिदैन, न्याय चाहियो : रेशम चौधरी 

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । जसपा विवाद टुङ्ग्याउन कारगारबाट निर्वाचन आयोग पुगेका रेशम  चौधरी तथष्ट पुगेका छन् । विवादमा तटस्थ बसेका चौधरीले रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् ।

तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले आफुहरुलाई क्षमा नभई न्याय चाहिएको बताएका छन् ।

‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’ अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’ जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा आली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो ।

उनी रिहा नभएसम्म सरकारमा नजाने यो समूहको अडान थियो । तर उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनको रिहाई नेताहरुले चाहे जस्तो हसज थिएन । सत्तारुढ दलका नेताहरुले रिहा गर्न सम्भव नहुने भएकाले आममाफीको दिन सक्ने बताएका थिए ।

यसबारे कुनै टुंगो नभई जसपाको ठाकुर पक्ष सरकारमा गएको थियो । तर १९ दिनमै सरकारबाट हट्नुप¥यो । अब उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।

महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार