आइतवार, आश्विन २५ गते २०८३

निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको राजेन्द्र महतोको आरोप

यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य

सोमवार , श्रावण ११, २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् । सोमबार जसपा आधिकारिकता विवाद निरुपणका लागि आयोगले सनाखतका लागि महन्थ र उपेन्द्र दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएको थियो ।

जसमा यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना सदस्यहरुले सनाखत गरेपछि नेता महतोले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका हुन् । 

उनले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने पनि बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार