बुधवार, आश्विन १४ गते २०८३

‘ए’ डिभिजन लिगः मछिन्द्र र एनआरटी विजयी, संकटा र फ्रेन्ड्सले अंक बाँडे

बुधवार , जेठ २४, २०८०

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले दुई तथा विमल घर्ति मगरले एक गोल गरे । हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल फर्काए । मछिन्द्रको यो ११ औं जित हो । जितसँगै  मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको हिमालयनले ३१ अंक जोडेको छ ।

यस्तै, आज नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङ मर्स्याङ्दी क्लबमाथि १-०  को जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा एनआरटीका दिपेश आले मगरले निणर्ायक गोल गरे ।

एनआरटीको यो आठौं जित हो ।जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । समान खेल खेलेको मनाङको भने ३२ अंक रहेको छ । 

यस्तै, आजको अन्तिम खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका हुन् ।

फ्रेन्ड्सका लागि टोरिक जेब्रिनले एक गोल गरे भने संकटाका जुनियर एनकेन्गुएले एक गोल फर्काए । यस बराबरीसँगै संकटाले २५ खेलमा ३१ अंक जोडेको छ । समान खेल खेलेको फ्रेन्ड्सको २७ अंक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार