सोमवार, कार्तिक १० गते २०८३

विदेश जाने श्रमिक र विद्यार्थीका लागि छुट्टै खोप केन्द्र

सोमवार , श्रावण ११, २०७८

काठमाडौँ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा छुट्टै खोप केन्द्रको व्यवस्था गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै अध्ययनका लागी विदेश जाने तथा  वैदेशिक रोजगारीमा जानेहरुलाई नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पासपोर्ट र भिसा देखाएर विदेश जानेहरुले खोप लगाउन पाउने जनाएको छ । सरकारले विदेश जानेहरुका लागि जोन्सन एन्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार