आइतवार, कार्तिक २ गते २०८३

हुम्लामा खाद्यान्न अभाव, खाद्य व्यवस्थाको लापरवाही!

बिहिवार , जेठ २५, २०८०

काठमाडौं। हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव भएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निणर्य गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो ।

हुम्लामा  खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो ।

हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए। थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुुन २६ गते निणर्य गरेर सो खाद्यान्न माग गरेको थियो ।

बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । सो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार