सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा ३४२१  संक्रमित थपिए, २५ को मृत्यु

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३४ सय २१ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १२ हजार २ सय ४० जनको पिसिआर परीक्षण गर्दा  २ हजार ३ सय ९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ४ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै आज २५ जना संक्रमितको मृत्यु भएको छ । यो अवधिमा  १ हजार ६ सय ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल  नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलव ५ प्रतिशत छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयुमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

यसैविच २४ घण्टामा काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार