आइतवार, आश्विन २५ गते २०८३

जसपाको आधिकतारिक उपेन्द्र यादब समुहले पायो

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । निर्वाचन आयोगले आज भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो । 

निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए । निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार