काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा आज तेस्रो तथा अन्तिम खेलमा चाईनिज ताइपेसँग ५-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।
यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि फर्काउन सकेन। नेपाल छनोटबाट बाहिरिसकेको छ ।
समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो । छनोटको समूह ’बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
ताइपेको यो पहिलो जित हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको थियो ।