बुधवार, आश्विन १४ गते २०८३

विश्वकप छनोटको तयारी खेलः नेदरल्याड्ससँग नेपाल पराजित 

शनिवार , जेठ २७, २०८०

काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी स्वरुपको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्ससँग हार व्यहोरेको छ । दक्षिण अफ्रिकामा शनिाबार भएको दोस्रो अभ्यास खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ५ विकेट गुमाएर ३६ दशमलब १ ओभरमा पूरा गरेको छ । नेदरल्यान्ड्सको जितमा विस्ली बार्सीले ८८ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । विक्रमजित सिंहले ४० बलमा २१ रन बनाए ।

कप्तान स्कट एडवार्डले २२ रन बनाए । नेपालका लागि गुलसन झा तथा ललितनारायण राजवंशीले समान २/२ तथा प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५६ रन बनाएको थियो ।  यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।

अब नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ । जिम्बावेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार