सोमवार, कार्तिक १० गते २०८३

धनगढी र नेपालगञ्जका लागी उडेका बुद्धका दुई विमान आकस्मिक अवतरण

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । त्रिभुवन विमानस्थलबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई विमान उडेको केहीबेरमा काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । 

काठमाडौंबाट धनगढीका लागि उडेको विमान हाइड्रोलिकमा समस्या देखिएपछि दुर्घटनाको जोखिमका कारण बीचबाटै काठमाडौं फर्किएको थियो । उडेको केहीबेरमा समस्या देखिएपछि चालकले विमानलाई काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले जानकारी दिए । 

नेपालगञ्ज उडेको विमानमा भने यात्रु बेहोस भएपछि काठमाडौं फर्किएको जनाइएको छ । उडेको २० मिनेटमै एक जना यात्रु बेहोस भएपछि विमान काठमाडौं फर्किएर अवतरण गरेको जोशीले जानकारी दिए ।
उनका अनुसार दुवै उडानका यात्रुलाई आजै गन्तव्यमा पु¥याइएको छ ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार