काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज केही मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । हालसम्म ६ सदस्यीय मात्रै मन्त्रिमण्डल विस्तार गरेको देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन् । देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए । त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।