आइतवार, श्रावण २४ गते २०८३

‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति, विवादित संवाद हटाउने

बिहिवार , जेठ ३२, २०८०

विवादित संवाद हटाएपछि दक्षिण भारतीय फिल्म आदिपुरुषले नेपालमा प्रदर्शन अनुमति पाएको छ । सेन्सर बोर्डले सो फिल्म प्रदर्शन गर्न अनुमति दिएको हो ।

फिल्म रहेको जानकरी भारतकी छोरी भन्ने संवाद हटाएपछि प्रदर्शन अनुमति दिइएको सेन्सर बोर्डले जनाएको छ । 

यसअघि आजै काठमाडौं महानगरका मेयर बालेन शाहले जानकीसम्बन्धी सो शब्द नहटाए अरु हिन्दु फिल्म पनि चल्न नदिने चेतावनी दिएका थिए । सेन्सर बाेर्डले पनि साे संवाद हटाए मात्रै अनुमति दिने बताएकाे थियाे। 

रामायणकाे कथामा बनेकाे फिल्म शुक्रबारदेखि विश्वभर प्रदर्शन हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार