सोमवार, कार्तिक १० गते २०८३

एकैदिन थपिए ३८९९ संक्रमित, २० को मृत्यु

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । 

हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् । सोही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ । त्यस्तै कोभिड-१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भएको छ ।

नेपालमा १.५ प्रतिशत मृत्युदर रहेको छ । हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार