काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । फेरीसरकारमा देउवा आएसंगै ३ प्रदेशका प्रमुख फेर्न लागिएको हो ।