बुधवार, आश्विन १४ गते २०८३

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल–कुबेत भिडदैँ

बुधवार , आषाढ ६, २०८०

काठमाडौं । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँँछ  ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । साे खेल  दिउँसाे ३ः४५ बजेवाट सुरू हुनेछ ।

कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको कुबेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उदेश्यका साथ मैदानमा उत्रदैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार