बुधवार, आश्विन २१ गते २०८३

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो - चिनियाँ राजदूत सोङ

बुधवार , आषाढ ६, २०८०

पोखरा । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका हुन् ।

यसअघि सोही विमास्थलको उद्घाटनका बेलामा पनि उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको बताएका थिए । उनका अनुसार चीनकै  डिजाइन र सहयोगमा सो विमानस्थल बनेको हो । 

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग ०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार