बुधवार, आश्विन १४ गते २०८३

आइसीसी एकदिवसीय विश्वकप छनोटः फेरी हार्यो यूएई,स्कटल्यान्डको विजयी सुरुआत

बुधवार , आषाढ ६, २०८०

काठमाडौं। जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत आज भएको खेलमा ओमान र स्कटल्यान्ड विजयी भएका छन् ।

बुलवायो स्पोर्टस् क्लबमा भएको खेलमा युएईलाई ५ विकेटले हराउँदै ओमानले लगातार दोस्रो जित हात पारेको हो । युएईले दिएको २ सय २८ रनको लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

ओमानको जितमा सोयव खानले ४७ रन बनाए भने अकिव ईलियासले ५३ रन जोडे । यस्तै, आयान खानले ४१ रन जोडे भने मोहम्मद नदिमले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । युएईका लागि जुनेद सिद्धिकी र रोहन मुस्ताफाले समान २/२ तथा आयान खानले १ विकेट लिए ।

 त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । युएईका लागि आयान खानले अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले भने वृत्य अरबिन्दले ४९ रन बनाए ।

ओमानको लागि जय ओडेराले ३ तथा फैयज बट र बिलाल खानले समान २/२ विकेट लिए । यो जितसँगै ४ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको ओमानले सुपर सिक्सको सम्भावना बलियो बनाएको छ । दोस्रो खेलमा दोस्रो हार व्यहोरेको युएई अंक बिहिन रुपमा समूह ‘बी’ को चौथो स्थानमा रहेको छ । 

यस्तै, आज नै भएको अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि १ विकेटले रोमान्चक जित हात पारेको छ । हरारेस्थित क्विन्स स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा आयरल्यान्डले दिएको २ सय ८७ रनको लक्ष्य स्कटल्यान्डले निर्धारित ५० ओभरको अन्तिम बलमा ९ विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्यान्डका लागि माईकल लिस्कले अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले भने क्रिस्टोफर म्याकब्रिडले ५६ रन बनाए । आयरल्यान्डका लागि मार्क अडिरले ३ तथा जोशुवा लिटिल २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो ।

आयरल्यान्डका लागि कुर्टिस क्यामफेरले १ सय २० रनको शतकीय ईनिङ खेले । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ५ तथा क्रिस सोल, क्रिस्टोफर म्याकब्रिड र मार्क वाटले समान १/१ विकेट लिए ।

आइसीसी एकदिवसीय विश्वकप छनोटः फेरी हार्यो यूएई,स्कटल्यान्डको विजयी सुरुआतजितबाट प्रतियोगिताको सुरुआत गरेको स्कटल्यान्ड समूह बीको तेस्रो स्थानमा रहेकोे छ । दोस्रो खेलमा दोस्रो हारका साथ आयरल्यान्ड अंकबिहिन रुपमा समूह बी को चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार