सोमवार, कार्तिक १० गते २०८३

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख सिफारिस

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका लागी नयाँ प्रदेश प्रमुख नियुक्तीका लागी सिफारिस गरेको छ । गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङ र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस नियुक्तीका लागी गरिएको हो । 

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नियुक्तीका लागी राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार