बुधवार, आश्विन २१ गते २०८३

स्वाधिनताकाे मुद्दामा अदालतलाई मान्दिनँ, जुनसुकै सजाय भोग्न तयार छु: बालेन साह

बिहिवार , आषाढ ७, २०८०

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको आदेश नमान्ने बताएका छन् ।काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएलगतै उनले यस्तो बताएका हुन् ।

उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा कुनै कानुन र अदालत नमान्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार