बुधवार, आश्विन २१ गते २०८३

यथास्थितिमा बजेट पारित हुन नदिने अडानमा सत्तारुढ नेकपा एस र जसपा 

बिहिवार , आषाढ ७, २०८०

काठमाडौं। गठबन्धन घटक नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निणर्य गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निणर्य गरेको हो ।

बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।

नेकपा एसका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आइरहेका छन्।

यस्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्। उनले यो बजेटलाई यथास्थितिमा पारित गर्न नसकिने समेत बताए। सत्तारुढ गठबन्धनमा समेत रहेको जसपा अध्यक्ष यादवले बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधार गर्न जरुरी रहेको बताए।

अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको समेत उनको आरोप छ । मधेस लगायतलाई उपेक्षा गरेको जनाउँदै उनले यसलाई सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार