सोमवार, कार्तिक १० गते २०८३

बलाधिकृत रथी प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् ।

अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार