आइतवार, कार्तिक २ गते २०८३

नेपाल भित्रिएको नौ दिनपछि देशभर फैलियो मनसुन, तीन दिन लगातार वर्षाको सम्भावना

शुक्रवार , आषाढ ८, २०८०

काठमाडौं। नेपाल प्रवेश गरेको नौ दिनपछि मनसुनी प्रणाली देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो । मौसमविद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक-दुई स्थानमा धेरै ठूलै वर्षाको सम्भावना पनि छ ।

मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एक सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा ३१ जेठमा मनसुन भित्रिएसँगै असार १ र २ गते पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरोले जनधनको क्षति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार