काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
युवा अर्थशास्त्री पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका व्यक्ति हुन् । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुन् ।
नियुक्तिपछि डा. पौडेलले कोरोनाको महामारीका कारण चुनौतीको समय भएकाले त्यसलाई आत्मसात गरेर काम गर्ने बताए ।