बुधवार, आश्विन १४ गते २०८३

आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

शनिवार , आषाढ ९, २०८०

काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दे छ ।  खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ ।

नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न  आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ ।  दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स यात्रा निश्चित हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको  नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्यहोर्न पुगेको थियो । 

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । यस अर्थ पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार