सोमवार, कार्तिक १० गते २०८३

पब्जी र फ्रिफायर बन्द गर्न माग, अदालत जाने चेतावनी 

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पब्जी र फ्रिफाएर बन्द गर्न माग भएको छ । आजको बैठकमा शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले कोरोना कहरका कारण बालबालिकाका किशोरकिशोरीको स्वभावै परिवर्तन भएको बताएकी छन् ।

पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरूको स्वभाव नै परिवर्तन भएको भन्दै उनले पब्जी र फ्रिफायर बन्द गर्न माग गर्दै अदालतसम्म जाने चेतावनी दिइन् । यसले अभिभावकसमेत चिन्तामा रहेका उनले उल्लेख गरिन् । अनलाइनमार्फत खेलिने खेलहरू बन्द गर्नुपर्ने उनले बताइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार