काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंहसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुष्पलाल (मध्यपहाडी) मध्यपहाडी राजमार्ग निर्माण क्रममा अनधिकृत रूपमा रकम लिएर भ्रष्टाचार गरेको सिंहसहित ५ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राजमार्ग योजना अन्तर्गत चेनेज ४२+००० देखि ८८+५५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्दै तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध बिगो रकम मागसहित मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
उक्त ठेक्कामा निर्माण स्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी ’भेरिएशन’ हुनपर्ने भन्दा फरक ब्यहोराको ’भेरिएशन’ पेश गरिएको भन्दै त्यतिखेर कार्यरत इञ्जिनियर दीपककुमार खड्का, सव-इन्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवी सिंहमाथी मुद्दा दायर गरिएको छ ।
प्रेस विज्ञप्ति