आइतवार, कार्तिक २ गते २०८३

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार , आषाढ ११, २०८०

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ढकालविरुद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बराबरको बिगो दाबीसहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार