सोमवार, कार्तिक १० गते २०८३

राहत नबाँडी कुहाएपछि स्थानीयको प्रदर्शन, मेयरको राजीनामा माग

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् । कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको उनीहरुको आरोप छ ।

मंगलबार गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँ संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजीनामा माग्नुका साथै प्रदेश सरकारविरुद्ध समेत नाराबाजी गरेका छन् । प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफूलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ ।

देश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधिलगायत सामग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामग्री बाहिर राखेको जनाइएको छ । 

जनताको लागि प्राप्त भएको राहत सामग्री कुहाएर मेयरले जनताको भावनासँग खेलबाड गरेको भन्दै यादवले मेयर पदमा बसिरहने नैतिकता हराइसकेको प्रदर्शनमा उत्रिएका स्थानियको भनाई छ । 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार