काठमाडौंको तारकेश्वर नगरपालिका योजना तथा राजश्व शाखा प्रमुख सागर अर्याल सम्मानित भएका छन्।
नगरपालिकाको वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा काठमाडौं जिल्लाकै बित्तिय अनुशासनमा तारकेश्वर नगरपालिकालाई सर्बोत्कृष्ट बनाउन अर्यालले पुर्याएको योग्दानको उच्च कदर गर्दै ५० हजार नगद सहित सम्मान गरिएको हो। अर्याललाई कार्यपालीका बैठकले सम्मान गर्ने निणर्य गरेको थियो ।
सोही निणर्यबमोजिम नगरपालिकले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सभामा नगरपालिका भित्र विभिन्न विधामा योग्दान पुर्याएका व्याक्तिहरुलाई सम्मान गरेको हो।
२०७४ पुस ३० गते शाखा अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल आफ्नो सेवा अवधिमा सिंचाई विभाग, रानी जमरा कुलरीय सिंचाई आयोजना, दुधौली नगरपालिका र हाल तारकेश्वर नगरपालिकामा काम गरिसकेका छन्। उनको कार्यसम्पादन क्षमताकै कारण हाल तारकेश्वर नगरपालिकामा सूचना अधिकारीको हैसियतमा पनि कार्यरत छन्।
नगरपालिकाले समाजका अग्रज तथा जेष्ठ नागरिकहरुको ज्ञान र सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले समाजका बिभिन्न क्षेत्रमा योग्दान पुर्याउने नगरवासीहरुलाई सम्मान गर्ने कामको थालनी गरेको हो ।