बुधवार, आश्विन १४ गते २०८३

नेपालको ओडिआई वरियता यथावत

बुधवार , आषाढ १३, २०८०

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाल यथावत रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल १४ औं स्थानमा यथावत छ ।

नेपालले यसै साता आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हार व्यहोरेपनि वरियतामा यथावत रहेको हो । नेपाल ३८ खेलमा ३५ रेटिङ अंकका साथ १४ औं स्थानमा छ । अष्ट्रेलिया शीर्ष, पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

व्यक्तिगततर्फ आडिआईको ब्याटिङ वरियतामा नेपालका कप्तान रोहित पौडेल ७० औं स्थानमा यथावत छन् । आसिफ शेखले एक स्थान सुधार गर्दै ७२ औं स्थानमा उक्लिएका छन् । नेपालका अन्य ब्याटर भने शीर्ष १ सय वरियता भित्र छैनन् ।

त्यस्तै, बलिङतर्फ सोमपाल कामीले एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ५९ औं, स्पिनर सन्दीप लामिछाने २९ औं, करण केसी ९२ औं र ललित नारायण राजवंशी ९६ औं स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार