आइतवार, कार्तिक २ गते २०८३

पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका क्षेत्रमा भारी वर्षा

शुक्रवार , आषाढ १५, २०८०

काठमाडौं । देशका धेरै स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

पछिल्लो तीन घण्टा पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

तिनाउ खोला, माडी खोलालगायत उक्त जिल्ला भएर बहने अन्य स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले बताएको छ । केहीमा नदी तथा खोलामा आकस्मिक बाढीसमेत आउन सक्नेभन्दै महाशाखाले दिउँसो १२ बजेसम्म तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन विभागको आग्रह छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार